NEWSHOUSENEPAL - 1669012094

तोलामै ६ सय रुपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?  

  • न्युज हाउस नेपाल
  • ५ मंसिर २०७९, सोमवार

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९७ हजार पाँच सय रुपैयाँ र तेजाबी ९७ हजार रुपैयाँमा कारोबार भएको छ ।

शुक्रबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेको थियो । सोही दिन छापावाला सुन प्रतितोला ९८ हजार एक सय रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर एक हजार २६५ रुपैयाँ कायम भएको छ । शुक्रबार तोलामा पाँच रुपैयाँले घटेर चाँदी एक हजार २८० रुपैयाँमा किनबेच भएको थियो ।  

थप समाचार
//CountDown