NEWSHOUSENEPAL - 1668682477

कोरोना अपडेट : थप ५ जनामा संक्रमण पुष्टि

  • न्युज हाउस नेपाल
  • १ मंसिर २०७९, बिहिवार

नेपालमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

देशभर गरिएको ७ सय ७ पिसिआर परिक्षणका क्रममा ४ जना र ५ सय ४५ एन्टीजेन परिक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

कोरोनाका कारण बिहीबार कसैको पनि मृत्यु भएको छैन । त्यस्तै थप २६ संक्रमित निको भएका छन् भने हाल नेपालमा ४ सय ५३ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 

थप समाचार
//CountDown