NEWSHOUSENEPAL - 1667126341

थप २० जनामा कोरोना संक्रमण पुष्टि

  • न्युज हाउस नेपाल
  • १३ कार्तिक २०७९, आइतवार

नेपालमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ सय २९ पिसिआर परिक्षणका क्रममा ९ जना र ८ सय ५५ एन्टीजेन परिक्षणका क्रममा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

कोरोनाका कारण आइतबार पनि कसैको मृत्यु भएको छैन भने थप ३४ संक्रमित कोरोनामुक्त भएका छन् । 

हाल नेपालमा ५ सय ५२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 

थप समाचार
//CountDown